
काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र विक्रीको अनुमति माग्दै जेठ २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कुल कित्तामध्य १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत र १८ लाख कित्ता परिपत्र विधिबाट बैंक आफैले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेृछ । यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस