
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म विक्री गरी फागुन १२ गते बाँडफाँट गरेको उक्त ऋणपत्र कारोबार गर्न सकिने गरी सूचीकृत गराएको हो । ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको यो ऋणपत्र बिहीवारदेखि कारोबारयोग्य हुनेछ ।
सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस