aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

महालक्ष्मी विकास बैंकले ल्यायो मिस्डकल कल सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० असार २०७८
महालक्ष्मी विकास बैंकले ल्यायो मिस्डकल कल सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्डकल कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यससँगै, यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी लिन सक्ने छन् । साथै, उनीहरुले बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्डकल कल गर्न सक्नेछन् । र, बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (कल ब्याक) जानकारी उपलब्ध गराउने छन् ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस