aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

असार २० गतेदेखि ९ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै ज्योति विकास बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ असार २०७८
असार २० गतेदेखि ९ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । 

प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ । 

छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गतेसम्म विक्रीमा रहने विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो । बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस