aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जीवन विकास लघुवित्तको आइपीओ पौने चार लाखले भरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ असार २०७८
जीवन विकास लघुवित्तको आइपीओ पौने चार लाखले भरे

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयमा शुक्रबार ३ बजेसम्म ४ लाख ७३ हजार ५२१ ले आवेदन दिएका छन् । आज शुक्रबार ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

सीडीएस एण्ड क्लियरिगङ लिमिटेडका अपडेट गरेको नयाँ प्रणाली बनाएपछि आज जीवन विकास लघुवित्तको आइपीओ भर्न कुनै पनि समस्या नभइकन आवेदकले भर्न पाइरहेको सीडीएससीले जनाएको छ । 

कम्पनीको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । 

यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।  

प्रतिक्रिया दिनुहोस