aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड–२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा फिर्ता भुक्तानी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड–२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा फिर्ता भुक्तानी हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड–२०७८ को अन्तिम किस्ता ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्ने भएको छ । बैंकले साउन ११ गतेदेखि खण्डित अवधिको उक्त बण्डको अन्तिम किस्ता ब्याज तथा सावा रकम भुक्तानी गर्न लागेको हो । 

बैंकले २०७१ साल असार २९ गते रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता बण्ड जारी गरेको थियो । उक्त बण्ड परिपक्क भएसँगै बैंकले अन्तिम ब्याज तथा साँवा रकम फिर्ता भुक्तानी गर्न लागेको हो । 

उक्त रकम काठमाडौं उपत्यकाको हकमा बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौं र काठमाडौंको बाहिरको हकमा शाखा कार्यालय पोखरा, बीरगंज, बुटवल र विराटनगरसँगै आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेण्ट बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राखी अन्तिम किस्ता तथा व्याज तथा साँवा रकमको चेक सोही शाखा कार्यालयमार्फत मगाउन सकिने जानकारी बैंकले गराएको छ । 

२०७८ साल असार ३१ गतेसम्म सक्कल प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जा सहित आफ्नो खाता रहेको बैंकको विवरण बुझाउने ऋणपत्रधनीहरुलाई उक्त रकम खातामानै जम्मा गरिने समेत बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस