aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गरिमा विकास बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
गरिमा विकास बैंकले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । गरिमा विकास बैंकले रू. १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि असार ११ गते बोर्डमा निवेदन दिएको हो । 

कुल कित्तामध्य रू. ४० करोड बराबरको ४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र रू. ६० करोड बराबरको ६ लाख कित्ता परिपत्र विधिबाट बैंक आफैले विक्री गर्नेछ । 

सार्वजनिक निष्कासनका लागि छुट्याईएको मध्यबाट पनि सामुहिक लगानीकोषको लागि ५ प्रतिशत सुरक्षित गरिएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस