aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख सहयोग

काठमाडाैं । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कामना सेवाद्धारा गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख सहयोग गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्र्तगत लेखनाथ, किंमबेसी स्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेको थियो । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस