aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा बोलकबोल गर्ने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ असार २०७८
स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा बोलकबोल गर्ने मंगलवार अन्तिम दिन

काठमाडौं । असार ६ गतेदेखि लिलामीमा आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आर १५ गते मंगलवार अन्तिम दिन रहेको छ । नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. ७५० तोकिएको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस