aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिवाईसीले शालिग्रामलाई प्राप्ती गर्नका लागि राष्ट्र बैंकको अन्तीम स्वीकृती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ असार २०७८
सिवाईसीले शालिग्रामलाई प्राप्ती गर्नका लागि राष्ट्र बैंकको अन्तीम स्वीकृती

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ती (एक्विजिशन) गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तीम स्वीकृती प्रदान गरेको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभीने (मर्जर) तथा प्राप्ती (एक्विजीशन) सम्वन्धि विनियमावली, २०७३ (चौथो शंशोधन) को अधिनमा रहेर प्राप्ती (एक्विजीशन) प्रक्रिया सम्पन्न गर्न दुवै वित्तीय संस्थालाई अन्तीम स्वीकृती प्रदान गरेको हो । 

दुवै लघुवित्तहरुको साधारण सभाबाट निणर्य गरे बमोजिम १००ः७२ अनुसार शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो । प्राप्ती (एक्विजीशन) पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बागलुङ बजारमा रहने छ ।
 

प्रतिक्रिया दिनुहोस