aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बैंकका कर्मचारीहरु सडकमा उत्रे, कोषको विनियावली संशोधन गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ असार २०७८
बैंकका कर्मचारीहरु सडकमा उत्रे, कोषको विनियावली संशोधन गर्न माग

काठमाडौं । सरकारले नयाँ युगका शुरुवात भने र बैंकहरुकै पैसाकै विज्ञापनबाट प्रचार गरेर थालनी गरेको सामाजिक सुरक्षा कोषका विरुद्ध बैंक वित्तीय संस्थाका कर्मचारीहरुले नै विरोध गरेका छन् । 

विगत केहि महिनादेखि चलेको कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारी विचको विवाद आजदेखि सडकमा पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सडकमा नै उत्रेर कोषको विनियावालीमा रहेका बुँदाहरु संशोधनको माग राखेको छ । 

असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि बिरोधको कार्यक्रम गरेका हुन । माछपुच्छ«े बैंक, नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन शुरु भएको छ ।  

बैंकका कर्मचारीहरु पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन् ।  उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ । 

कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको एक कर्मचारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस