
काठमाडौं । मर्चेन्ट बैंकर्सलाई धितो पत्र दलालको कारोबार गर्न दिन पर्ने मर्चेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष ध्रुव तिमिल्सेनाले बताएका छन् । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत समेत रहेका तिमिल्सेनाले शेयर ब्रोकर लाइसेन्स थप्ने विषयमा चर्चा भइरहेकाले यो काम मर्चेन्ट बैंकर्सलाई दिएमा समाधान हुने बताए ।
उनले भने, ‘अन्तराष्ट्रिय बजारमा शेयर ब्रोकरको काम मर्चेन्ट बैंकले गर्ने गरेका छन् । नेपालमा पनि हाल बाणिज्य बैंक वा नयाँ शेयर ब्रोकर कम्पनी थप्ने विषयमा चर्चा भइरहेको छ । मर्चेन्ट बैंकर्सहरुलाई नै शेयर ब्रोकरको काम गर्न दिएमा यो समाधान हुन्छ ।’
उनले भने, ‘हाल मर्चेन्ट बैंकहरुले गरिरहेका म्युचुअल फण्डलाई भने फरक कम्पनी अन्तरगत राखेर अब शेयर ब्रोकरहरुलाई मर्चेन्ट बैंकको काम र मर्चेन्ट बैंकर्सलाई शेयर ब्रोकरको काम गर्न दिने व्यवस्था धितोपत्र बोर्डले मिलाउन पर्छ ।’
कुनै बेला नेपालमा शेयर बजारसँग सम्बन्धीत व्यवसाय गरेर थोरै आम्दानी हुनेबलोमा गरिएको कानुनी व्यवस्था अब भने बदल्ने बेला आएको उनी बताउँछन् । नेपालमा म्युचुअल फण्डको युनिटहरु पनि साना साना भए तर, शेयर बजारमा अन्य क्षेत्रको प्रवेश हुँदै गरेको र शेयर बजारलाई आधुनिक बनाउन ढिला भएको उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस