
काठमाडौं । सिभिल बैंकमा नयाँ नियुक्त भएका सुनिलकुमार पोखरेलले प्रमुख कार्यकारी अधिकृत पदमा पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको ३४५औं बैठकले पोखरेललाई प्रमुखकार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियूक्त गरेको थियो ।
उनी २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगतदुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध रहेका थिए ।
नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपालबैंकमा १६ वर्ष, एन.आइ.सी एशिया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक मा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडीबैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।
डिजिटलाई जेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागज रहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहक मैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने पोखरेलले बताएका छन । यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ८८.९४ अर्बको निक्षेप र ८३.६० अर्बको कर्जा विस्तार गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस