aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी पनि सडकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी पनि सडकमा

काठमाडौं । नेपाल सरकारद्धारा नयाँ युगको सुरुवात भन्दै भव्यरुपमा सुरुवात गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको हुनाले एनआई सी एशिया बैंक कर्मचारी संघ विरोध जनाएको छ । संघले देशैभरी एन आई सी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको हो । 

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न  सरोकारवालाहरुसँग संघले माग समेत गरेको छ ।  

यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवस्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा यो संघ कटिबद्ध रहेको जानकारी गराएको छ । 

हालको व्यवस्था न्युनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ्ग क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने हाम्रो माग रहेको छ । 

सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागी यो योजनाले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको समेत संघले बताएको छ । 

“एन आई सी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले भने, ‘‘यस योजनामा जाँदैनौ भन्ने होइन तर यथावस्थामा जुन विभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौं र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौं ।” 

प्रतिक्रिया दिनुहोस