aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त मर्ज गर्ने सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त मर्ज गर्ने सहमति

काठमाडाैं । सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभिन (मर्जर) का लागि सहमति भएको छ ।

पोखरामा विहिवार दिउसो ४ बजे भएको कार्यक्रममा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले सहमति पत्र साटासाट गरि लघुवित्तको बजारमा उत्कृष्ट संस्थाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायीत्व कायम गर्ने उद्धेश्यले मर्ज गरिएको सूर्योदयका अध्यक्ष श्रेष्ठले बताए ।

मर्ज पछि दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्याङ्कन रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको त्रिलोकका अध्यक्ष खनियाले बताए । मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया, प्रमुख कार्यकारी अधिकृतमा सूर्योदयका मोक्ष प्रसाद पंगेनी र त्रिलोकका राजेन्द्र न्यनैपाने नायव कार्यकारी अधिकृत रहने सहमति भएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिए पछि बन्ने संस्थाको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ ।

२३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, ७३ करोड बचत र १७ करोड शेयर पूँजी पुग्ने प्रमुख कार्यकारी अधिकृत पंगेनीले बताए ।
 

प्रतिक्रिया दिनुहोस