
कोभिड– १९ को महाव्याधिले विश्व व्यापार र आपूर्ति सञ्जालको आधारस्तम्भलाई नै उथलपुथल पारिदिएको छ । संयुक्त राज्य अमेरिका र चीनको व्यापार युद्धले विश्व व्यापार र आपूर्ति सञ्जालमा प्रतिकुल प्रभाव पार्दैगरेकोे अवस्थामा कोरोना कहरले ऐतिहासिक रूपमा नै विश्व व्यापारलाई झन् गम्भीर असर पुर्याएको छ । कोभिड– १९ आधुनिक विश्वको इतिहासमा विश्वव्यापीकरणको सबैभन्दा ठुलो शान्तिकालीन अवरोध हो र यसले निश्चय पनि विश्व व्यापार प्रणालीमा अभूतपूर्व चुनौतीहरूको प्रतिनिधित्व गर्दछ । फलतः विश्व व्यापार र आपूर्ति सञ्जालको भविष्य कुन अवस्थामा पुग्ला भन्ने अनुमान गर्न नै गाह्रो छ। त्यसैले विश्वव्यापी आपूर्ति सञ्जाल (सप्लाई चेन) को वर्तमान र भविष्यबारे अहिले गहन रूपमा विमर्श शुरुभएको छ। कोभिड–१९ ले परम्परागत आपूर्ति सञ्जाल मोडलहरूमा रूपान्तरणको आवश्यकता दर्साएको छ । परम्परागत ‘लिनीयर सप्लाई चेन मोडेल’ अव ‘डिजिटल सप्लाई नेटवर्क’ मा रूपान्तरित हुँदै गएको छ ।
के हो सप्लाई चेन ?
बस्तुको उत्पादन देखि विक्रीसम्ममा समावेश हुने सम्पूर्ण व्यक्तिहरू, सङ्गठनहरू, श्रोतहरू, क्रियाकलापहरू र प्रविधिको सञ्जाललाई सप्लाइ चेन (आपूर्ति सञ्जाल) भनिन्छ । आपूर्तिकर्ताबाट उत्पादनकर्तासम्म कच्चा पदार्थहरूको प्रवाह हुँदै अन्तिम ग्राहकसम्म वस्तुहरूको प्रवाह गर्ने कार्यका सम्पूर्ण प्रक्रियाहरू आपूर्ति सञ्जाल भित्र समावेश हुन्छन् । आपूर्ति सञ्जाल व्यवस्थापनले (एम.सी.एम) सामग्रीहरू, सूचनाहरू र आर्थिक श्रोतहरूको निरीक्षण गर्दछ जसको प्रवाह प्रक्रियागत रूपमा आपूर्तिकर्ता (सप्लायर्स)बाट उत्पादक, थोक बिक्रेता, खुद्रा बिक्रेता (म्यानुफ्याक्चरर्स, होलसेल,रिटेलर) हुँदै ग्राहकसम्म पुग्दछ । आपूर्ति सञ्जाल मुख्यतः तीन वटा प्रवाहहरूको एकीकृत रूप हो। ती हुन्, उत्पादन प्रवाह, सूचना प्रवाह र वित्तीय प्रवाह । आपूर्ति सञ्जाल व्यवस्थापनले कम्पनी भित्र र कम्पनीहरू बिच यी तीन प्रवाहहरूलाई एकीकृत गर्ने र समन्वय गर्ने कार्य गर्दछ ।
आज सम्पूर्ण विश्व नै कोभिड–१९ को कारण हाम्रो सामु खडा गरिरहेको मानवीय र आर्थिक संकटहरुहरुसँग जुधिरहेको छ । आपूर्ति सञ्जालले एउटा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छ । कोभिड–१९ को पहिलो लहर विश्वको उत्पादनमूलक उद्योगको २० प्रतिशत हिस्सा ओगट्ने चीनबाट शुरुभएसँगै ‘सप्लाई सक’ को अवस्था उत्पन्न भयो ।
चीनबाट विश्वका विभिन्न देशहरूमा निर्यात हुने तयारी वस्तुहरू एवं कच्चा पदार्थहरूमा भएको भारी गिरावटको कारण विश्वका विकसित बजारहरूका उद्मोगहरुमा हुने उत्पादनहरूमा प्रतिकुल प्रभावहरू देखिएका थिए । कम्पनीहरू कुन उत्पादन सम्भाव्य छ र कुन मागलाई पुरा गर्न सकिन्छ भन्ने कुरा अनुमान गर्न पनि असमर्थ एवं अनिश्चित थिए । कोभिडको महामारी फैलिँदै र गहिरिँदै गएपछि र विभिन्न देशहरूले लकडाउन लगायतका प्रतिवन्धहरुको अवलम्बन गर्न सुरु गरेपछि विश्व आपूर्ति सञ्जालले विल्कुलै नयाँ नयाँ प्रवृत्तिहरू अनुभव गर्दै गयो । बस्तुहरूको सम्भावित अभावसँग जुध्न मानिसहरूले उपभोग्य वस्तुहरूको अत्यधिक भण्डारण गरिरहेका थिए । कसैले महिना दिनलाई पुग्ने सामान एकै पटक खरिद गरेको अवस्था पनि थियो जसलाई ‘सिस्टेमिक डिमान्ड सक’ भनिन्छ ।
आज सम्पूर्ण विश्व नै कोभिड–१९ को कारण हाम्रो सामु खडा गरिरहेको मानवीय र आर्थिक संकटहरुहरुसँग जुधिरहेको छ । आपूर्ति सञ्जालले एउटा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छ । कोभिड–१९ को पहिलो लहर विश्वको उत्पादनमूलक उद्योगको २० प्रतिशत हिस्सा ओगट्ने चीनबाट शुरुभएसँगै ‘सप्लाई सक’ को अवस्था उत्पन्न भएको थियो ।
महामारी पछि माग र उत्पादनमा अत्यधिक वृद्धि भई तुरुन्तै ‘बुलह्वीप इफेक्ट’ सुरु हुन्छ भन्ने विषयमा विज्ञहरूका बिच मत ऐक्यता थिएन । तर ‘बुलह्वीप इफेक्ट’ नहुने विभिन्न कारणहरू थिए जस्तो कि बस्तुको मागको प्रकृति कस्तो हुन्छ भन्ने अनुमान सहज थिएन ।
देखिएन ‘बुलह्वीप इफेक्ट’
महामारी पछि माग र उत्पादनमा अत्यधिक वृद्धि भई तुरुन्तै ‘बुलह्वीप इफेक्ट’ सुरु हुन्छ भन्ने विषयमा विज्ञहरूका बिच मत ऐक्यता थिएन । तर ‘बुलह्वीप इफेक्ट’ नहुने विभिन्न कारणहरू थिए जस्तो कि बस्तुको मागको प्रकृति कस्तो हुन्छ भन्ने अनुमान सहज थिएन । आपूर्ति सञ्जालका सबै खेलाडीहरू किन माग बढ्दै छ भन्ने कुरामा सचेत थिए र उत्पादनको विक्रीमा भएको वृद्धि अर्ग्यानिक वृद्धि होइन भन्ने कुराको राम्रो हेक्का उनीहरूलाई थियो ।
तर पनि ‘सर्टेज गेमिङ्ग’ ले ‘बुलह्वीप इफेक्ट’ उत्पन्न गर्न सक्दछ जसको व्यवस्थापन कुनै हालतमा गर्नुपर्ने हुन्छ । दुर्लभ श्रोतहरूको धेरै हिस्सा दाबी गर्ने उद्देश्यले आपूर्तिको आवश्यकता बढी देखाउने प्रवृत्ति ‘डाउनस्ट्रीम एक्टरर्स’हरूमा देखिएको हुन्छ । तसर्थ वास्तविक आपूर्ति प्राथमिकताहरूको अनुमानमा क्षति नहोस् भन्नका लागि सतर्क भएर अगाडि बढ्नुपर्ने आवश्यकता थियो । त्यसै गरी आपूर्ति सञ्जालका योजनाकर्ताहरू गतिशील रूपमा अगाडि बढ्नको लागि एउटा मुख्य खतरा ‘इन्भेन्ट्री बाउन्स ब्याक’सँग टाढा रहनु पर्ने अवस्था पनि थियो ।
कोरोना भाइरसको विश्वव्यापी महामारीले आधुनिक सप्लाई चेनलाई अहिलेसम्मकै सबैभन्दा ठुलो चुनौती दिएको छ । सप्लाई चेन विज्ञहरूका अनुसार सप्लाई चेन इन्डस्ट्रीमा अहिलेसम्म यती ठुलो आकारमा अवरोध पुर्याउने कोभिड महामारी नै मात्रै हो।
कोभिड– १९ को पहिलो लहरको सुरुवाती चरणमा ट्वाइलेट पेपर, पेपर टावल्स, औषधीहरू र खाद्य पदार्थहरूको माग अत्यधिक बढेको थियो भने कोरोनाको विस्तार सँगसँगै उपभोग्य बस्तुहरूको मात्र नभई स्वास्थ्य सँग सम्बन्धित उत्पादनहरू जस्तै भेन्टिलेटर, रेस्पीरेटर र परीक्षण उपकरणहरूको पनि तीव्र माग बढ्यो । दशौँ लाख भेन्टिलेटर तत्काल आवश्यक पर्ने परिस्थिति बन्यो जुन ऐतिहासिक रूपमा उच्च हो । त्यसै गरी पिपिई, ग्लोबल, फेस मास्क, एन-९५ रेस्पीरेटर्स लगायतको आवश्यकता धेरै हुन थाल्यो तर तत्कालीन उत्पादनले यो माग धान्न सक्ने अवस्था भने थिएन । सीमा नाकामा नियन्त्रणहरू, यातायात तथा यात्राहरूमा लगाइएका प्रतिबन्धहरुले अन्तर्राष्ट्रिय व्यापार र यातायातमा अवरोधहरूमा उत्पन्न गरिरहेका थिए ।
भावी सप्लाई चेनको चित्र
अबको सप्लाई चेनको भविष्य भनेको नै डिजिटल र अटोनोमस हो । त्यसै गरी जोखिम न्यूनीकरण तथा कठिन परिस्थितिबाट मुक्त भई पुनः पहिलेकै अवस्थामा फर्कनको लागि आफ्नो सप्लाई चेन रणनीति पुनर्विचार गर्नु र उच्च गतिमा डिजिटल प्रविधिमा लगानी बढाउनु नै आजको आवश्यकता हो ।
कोभिड–१९ ले परम्परागत आपूर्ति सञ्जाल मोडलहरूमा रूपान्तरणको आवश्यकता दर्साएको छ । परम्परागत ‘लिनीयर सप्लाई चेन मोडेल’ अव ‘डिजिटल सप्लाई नेटवर्क’ मा रूपान्तरित हुँदै गएको छ । सम्भावित चुनौतीहरूलाई पुरा गर्न विकसित प्रविधीहरुलाई आत्मसाथ गरिँदै छ जस्तै इन्टरनेट, एआई (आर्टिफिसीयल इन्टेलिजेन्स), इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, डिएसएनएस (डिजिटल सप्लाई नेटवकर्स) को डिजाइन गरिएको छ भने ‘ओम्नीच्यानल सप्लाई चेन’ को मान्यता स्थापित भएको छ ।
अनपेक्षित र अप्रत्याशित घटनाक्रमहरू (ब्ल्याक स्वान) जस्तै कोभिड १९, व्यापारयुद्घ, युद्ध तथा आंतकवाद, नियामकीय परिवर्तन, श्रम विवाद, मागमा हुने उतारचढाव, आपूर्तिकर्ता टाट पल्टिनु जस्ता परिस्थितिमा पनि डिएसएनएस (डिजिटल सप्लाई नेटवर्क) पद्धति आत्मसाथ गरेका सङ्गठनहरू अनपेक्षित परिस्थीतिहरुसँग मुकाबिला गर्न सक्दछन्। त्यसैले यिनीहरूमा दिगोपनको धेरै जरुरी हुन्छ ।
अबको आपूर्ति सञ्जालको भविष्य भनेको नै डिजिटल र अटोमेसन हो । त्यसै गरी जोखिम न्यूनीकरण तथा कठिन परिस्थितिबाट मुक्त भई पुनः पहिलेकै अवस्थामा फर्कनको लागि आफ्नो सप्लाई चेन रणनीति पुन विचार गर्ने र उच्च गतिमा डिजिटल प्रविधिमा लगानी बढाउनुपर्ने आजको आवश्यकता हो । साँच्चिकै दिगो सप्लाई चेन मार्फत कम्पनीलाई नवप्रवर्तन गरी पछि आउन सक्ने सङ्कटहरूलाई सजिलै व्यवस्थित गर्न सक्ने रणनीति तयारी गरी अनुसरण गर्नु पर्दछ । तसर्थ सम्भावित सङ्कटहरूलाई भयङ्कर ठुला अवसरहरूमा प्रस्थान गराउने ‘टर्निङ्ग पोइन्ट’ पनि हो यो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मा दुई अर्व हाराहारीको खोपको डोज उत्पादन गर्न सक्ने क्षमता विश्वसँग भएको प्रक्षेपण गरेको बाबजुद पनि बद्लिँदो मागलाई वितरणका वर्तमान मोडेलहरूले समेट्न सक्छ कि सक्दैन भन्ने अनिश्चितता कायमै छ ।
खोप: एक मात्र भरोसा
हाल विश्व विशेषतः कोभिड–१९ भ्याक्सिनको ग्लोबल सप्लाई चेनमा भर परिरहेको जसले हामीलाई यो सङ्कटबाट बाहिर ल्याउन सकोस्। तर, भ्याक्सिन सप्लाई चेनका विभिन्न चरणहरू त्यति सहज भने छैनन् र विभिन्न कारणले आपूर्तिलाई अवरोध पुर्याउन सक्दछन् । पहिलो चरण भनेको भ्याक्सिन उत्पादनको विकास हो ।
अधिकांश उत्पादित भ्याक्सिनहरू प्रयोगको लागि स्वीकृत भैसकेका छन् र कतिपय विकास क्रममै छन् । स्वास्थ्य संस्थाहरू र सरकारहरूले भ्याक्सिनको वितरण, प्रशासन र डोजको फ्लोअप सुचीको उत्तम उपायहरू खोजी गरिरहँदा खोपको उत्पादन डिजाइनमा धेरै ठुलो प्रभाव परेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मा दुई अर्व हाराहारीको खोपको डोज उत्पादन गर्न सक्ने क्षमता विश्वसँग भएको प्रक्षेपण गरेको बाबजुद पनि बद्लिँदो मागलाई वितरणका वर्तमान मोडेलहरूले समेट्न सक्छ कि सक्दैन भन्ने अनिश्चितता कायमै छ । कोभिड–१९ को नयाँ भेरियन्टले सङ्क्रमण दर र गम्भीरतामा ठुलो प्रभाव पर्न सक्दछ र खोप सार्वजनिक गर्ने रणनीतिहरूमा प्रभाव पारी नयाँ खोप उत्पादन गर्नुपर्ने अवस्था आउन सक्दछ ।
सप्लाइ चेनमा ‘लास्ट माइल’ डिजाइन
सप्लाइ चेनमा वितरणको ‘लास्ट माइल’ डिजाइनले पनि धेरै ठुलो अर्थ राख्दछ । भौगोलिक स्थिति, प्राथमिकताहरू र उत्पादनको उपलब्धताको कारणले सुरुवाती चरणमा बेलायतमा खोप सार्वजनिक गरिदा विभिन्न क्षेत्रहरूमा खोप लगाउने दरमा धेरै नै अन्तर देखिएको थियो । यो निकै जटिल छ र प्रशासन प्रणाली र योजनामा सावधानी अपनाउने साथसाथै वहन गर्न सक्ने उपयुक्त वितरण मोडेलहरू अनुसरण गर्नुपर्ने हुन्छ ।
कोभिड–१९ ले सम्पूर्ण क्षेत्रहरूलाई प्रतिकुल प्रभाव मात्र पारेको छैन । पश्चिमी देशहरूका मानिसहरू ‘वर्क फ्रम होम’मा सिफ्ट भएसँगै इलेकट्रोनिक्स र दूर सञ्चारका उपकरणहरू को उत्पादन तथा सेवाहरूमा बढोत्तरी भइरहेको छ । घरायसी फर्निचरहरू, सरसफाइका उत्पादनहरू, स्वास्थ्य सामग्रीहरूको व्यवसाय बढेको छ जबकि अन्य धेरै क्षेत्रहरूको व्यवसायमा दिगो गिरावट आएको छ । फुटकर व्यापार, स्मार्ट फोन, इनर्जी तथा उद्योग, इलेक्ट्रोनिक्स, अटोमोवाइल र यातायात लगायतमा भने प्रत्यक्षतः नकारात्मक वित्तीय प्रभाव परिरहेको छ । ‘ई कमर्स’ धेरै द्रुत गतिमा फस्टाएको छ । अनलाइनमार्फत खरिद नगर्ने धेरै मानिसहरूले पनि नियमित रूपमा यसको प्रयोग गर्न थालेका छन् । यो महामारी अगाडिको प्रवृत्तिको अर्धस्थायी तथा द्रुत गतिको रूपान्तरण हो ।
विश्व बैँकका अनुसार सन् २०२१/२०२२ सम्म पनि कोभिड–१९ ले गम्भीर र व्यापक खाद्य असुरक्षा वृद्धि गर्ने छ र प्रत्येक देशहरूका विपन्न परिवारलाई प्रतिकुल प्रभाव पार्ने छ ।
नेपालजस्ता विकासोन्मुख देशहरूमा कोभिड–१९ को दोस्रो लहर फैलिँदो छ भने तेस्रो लहर आउन सक्ने त्रास उत्पन्न भएको छ । न्यून तथा मध्यम आम्दानी भएका मुलुकहरुमा संक्रमणको दर बढिरहेको छ र जसको फलस्वरूप नियमित लकडाउन लगायतका प्रतिवन्धहरु लागु भएका छन्। जसले अर्थतन्त्रको सम्पूर्ण पक्षहरूलाई असर पुर्याउँदछ । यसले खास गरी ‘फुड सप्लाई चेन’मा व्यापक प्रभाव पारेको देखिन्छ । घरेलु, साना तथा मझौला उद्मोगहरुले अत्यन्त ठुलो समस्या भोगिरहेका छन् । विश्वका धेरै राष्ट्रहरूले बढ्दो खाद्य असुरक्षाको सामना गरिरहेका छन् । विश्व बैँकका अनुसार सन् २०२१/ २०२२ सम्म पनि कोभिड–१९ ले गम्भीर र व्यापक खाद्य असुरक्षा वृद्धि गर्ने छ र प्रत्येक देशहरूका विपन्न परिवारलाई प्रतिकुल प्रभाव पार्ने छ ।
विश्वभरि भ्याक्सिन पुर्याउने लक्ष्य भर्खर सुरु हुदैँछ र भ्याक्सिनको उत्पादन विश्वभरि नपुगेसम्म सप्लाइ चेनका यी मुद्दाहरुपनि यथावत् रहिरहनेछन् । भ्याक्सिनले धेरै जसो अर्थतन्त्रहरूलाई लकडाउन अन्त्य गर्न र आर्थिक क्रियाकलापको नाटकीय गिरावटबाट पुनरागमन गर्न सहयोग गर्छ की गर्दैन ? केही समयसम्म विश्वसामु यो तस्बिर अनिश्चित नै रहने देखिन्छ । धेरैको व्यवसाय अब महामारीपुर्व झैँ सामान्य अवस्थामा फर्किन सक्दैन भन्ने अनुमान होला तर अनिश्चिततालाई वहन गर्न र पार गर्न सक्नेहरूको लागि यसले थुप्रै अवसरहरू प्रदान गर्ने नै छ । (लेखक नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन्)
प्रतिक्रिया दिनुहोस