aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै लक्ष्मी बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्दै लक्ष्मी बैंक

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको छ । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको “८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८” नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।

कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ताभने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

यो ऋणपत्र खरिदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति समेत बैंकले तय गरेको छ ।

यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।  

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी प्लस” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस