
काठमाडौं । असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनआईसी एशिया बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने असार २० गते आइतवार अन्तिम दिन रहेको छ । बैंकले छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपनि ढिलो अवधि असार २० गतेसम्म विक्री खुला गरेको हो ।
बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
प्रतिऋणपत्र रू. १ हजार दरको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो ।
प्रतिक्रिया दिनुहोस