
एजेन्सी । विश्वभरी नै मरेका मान्छेका नामबाट निवृत्तिभरण वा अन्य सरकारी सेवा सुविधा लामो समयसम्म लिइरहेको पाइन्छ । त्यस्तै भातरतमा रहेको विदेशी बैंक एचएसबीसी बैंकमा मृतकको नामका धेरै खाता सञ्चालनमा छन । त्यस्ता धेरै घटनाहरू बारम्बार देखिन थालेपछि मुम्बई पुलिसले एउटा मुद्दा दर्ता गरेको छ । यसमा, बैंक अफिसरहरूको मिलेमतोमा ठगी पत्ता लागेको छ ।
प्रहरीकले दिएको जानकारीका अनुसार एचएसबीसी बैंकको एक खातावालाको केही समय अघि मृत्यु भएको थियो । त्यो खाताबाट निकै लामो समयदेखि कारोबार बन्द थियो । यसको फाइदा उठाउँदै बैंक अफिसरले त्यस खाताबाट ७५ लाख रूपैयाँ भारु आफन्तका नाममा ट्रान्सफर गरेको घटना फेला पारेको छ । भारतको मुम्बईको बोरिवली क्षेत्रको हो । यहाँ मृतकको खाता ८ बर्षदेखि उक्त खाता सञ्चालन गरिएको थियो । तर, गत फब्रुअरी २०२० मा उनको मृत्यु भयो । मृतककी छोरीले खाताबाट पैसा निकालिएको घटाना गरेको बैंकमा आवेदन दिइन ।
जब एक बर्षपछि पनि रकम निकालियो । उनले बैंकका अधिकारीहरुलाई गुनासो गरिन । एक वर्षमा सबै पैसा ट्रान्स्फर भएको शंकास्पद घटनापछि प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धान गरेपछि बैंकका कर्मचारीको मिलेमतोमा बैंकको रकम चोरी भएको पत्ता लागेको थियो ।
त्यस्तै अर्को खाताको मामला पनि अगाडि आयो । ५३ लाख ९५ हजार रुपैयाँ अर्का व्यक्तिको पनि रकम बैंकबाट हरायो । मृत्यु भएका व्यक्तिको खाताबाट पैसा ट्रान्स्फर गर्ने बैंकका ब्रान्च म्यानेजर नै रहेको प्रहरीले पत्ता लगाएको छ ।
प्रतिक्रिया दिनुहोस