aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

महालक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
महालक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  

स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको छ । तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुलेकी छिन् । 
 

प्रतिक्रिया दिनुहोस