aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैंकासुरेन्स सेवालाई व्यवस्थित गर्न बैंकरको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
बैंकासुरेन्स सेवालाई व्यवस्थित गर्न बैंकरको माग

काठमाडौं । बैंकासुरेन्स सेवालाई व्यवस्थीत बनाउन नेपाल बैंकर्स संघले माग गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै संघले यस्तो माग रोखको हो ।
 
बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्ने संघले माग राखेको छ । त्यस्तै, बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने संघको दावी छ ।  

निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् बैंकहरुको निक्षेपको सुरक्षण एकमुष्ट दर तोकिएको र  जोखिमको अनुपातमा प्रिमियम उच्च रहेको गुनासो गरेको छ ।  


 

प्रतिक्रिया दिनुहोस