
काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्धमा वाणिज्य बैंकका कर्मचारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । आइतबार २२ वटा वाणिज्य बैंकका कर्मचारी युनियनले सर्वोच्च अदालतामा मुद्दा दर्ता गराएका हुन् ।
सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र कोषमा दर्ता हुन पत्राचार गरेपछि एक सातादेखि उनीहरू आन्दोलित छन् । असार मसान्तसम्म दर्ता हुनेले अहिलेसम्म जम्मा भएको पैसा जागिर छाडेका दिन पाउनेगरी कोषको कार्यविधि संशोधन गरिएको छ । तर, सामाजिक सुरक्षा कोषका अनुसार नेपाल बैंकर्स संघको अनुरोधमा पठाइएको पत्रलाई आधार बनाएर बैंकका कर्मचारी कोष विरुद्ध उत्रेको आरोप लगाएको छ ।
बैंकका कर्मचारीहरुले आइतबार दर्ता गरेको मुद्दामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोषलाई विपक्षी बनाएकोको छ । सामाजिक सुरक्षा कोषको योगदानकर्ताले पाउन पर्ने केहि बुँदामा असन्तुष्टि जनाउदै केहि महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारी विरोधमा उत्रेका छन् । भने यहि समयमा ७० देखि ८० हजार नयाँ जना यहिबीचमा कोषमा आवद्ध भएको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस