aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजीनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले राजीनामा दिएका छन् । गौतमले असार २० गते बसेको बैंकको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन ।  

उनको राजीनामा सञ्चालनक समितिमा विचाराधिन अवस्थामा रहेको बैंकले जानकारी दिएको छ । गौतमले २०७५ साल बैशाख १९ गतेदेखि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

बैंक तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव बटुलेका गौतमले यस अघि इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रहेर पनि काम गरेका थिए । त्यस अघि माछापुच्छ्रे बैंक , नेपाल एसबिआई बैंक , नेपाल बैंकमा पनि उनले उच्च पदमा रहेर काम गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस