aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एक शाखाको स्थानान्तरण गरेको छ । बैंकले नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय हाल सञ्चालित भवनदेखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको छ ।   

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएम  रहेका छन् । 

प्रतिक्रिया दिनुहोस