aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । यता, नवनियुक्त अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव थिए । 

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा  बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत  किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस