
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यसअघि मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।
तोकिएको अवधिभित्र रू. १०० देखि रू. ३३० सम्मको दरले शेयर खरिदका लागि बोलपत्र पेश गर्ने शेयरधनीहलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो । उक्त बाँडफाँटमा नपरेको शेयर वापतको शेयर असार २२ गतेदेखि सम्बन्धीत आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने जानकारी कम्पनीले दिएको छ ।
यस पटक पनि कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर विक्री हुन सकेन । यस पटक विक्री नभएको यो शेयर कम्पनीले असार २९ गतेदेखि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्य तोकेर साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी यो शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो ।
बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस