aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ असार २०७८
लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीहरुले लिखित जानकारी गराउन सुचना जारी गरी अनुरोध गरेको हो । कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा उक्त शेयर खरिदका लागि लिखित जानकारी गराउन कम्पनीले अनुरोध गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम विक्री प्रकृया अघि बढाईने जानकारी पनि कम्पनीले गराएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य सोमवार रू. ५५२ कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस