aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्यो अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ असार २०७८
पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्यो अनुरोध

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुलार्य आगामी एक महिनाभित्र बुझिलिन आग्रह गरेको छ । बैंकले मंगलवार सुचना सार्वजनिक गरी लाभांश बुझ्न बाँकी शेयरधनीहरुलाई बैंकको नयाँ बानेश्वर, काठमाडौंको कार्यालयमा रहेको शेयर शाखामा सम्पर्क राखी नगद लाभांश बुझिलिन भनेको हो । 

उक्त अवधिभित्र नगद लाभांश नबुझेमा कानुन बमोजिम वार्षिक साधारण सभाबाट पारित भएको पाँच वर्षसम्म पनि लगानीकर्ताहरुले नबुझेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी पनि बैंकले गराएको छ ।

प्रतिक्रिया दिनुहोस