aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

निषेधाज्ञाको बेलामा पनि बैंक वित्तीय संस्थाहरुले कमाए ७० अर्बमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ असार २०७८
निषेधाज्ञाको बेलामा पनि बैंक वित्तीय संस्थाहरुले कमाए ७० अर्बमाथि

काठमाडौं । २७ वटा बाणिज्य बैंक, १८ वटा विकास बैंक र  २० वटा वित्तीय कम्पनीहरुले ७० अर्ब २९ करोड २० लाख रुपैया कमाउन सफल भएको छन् । जेठ महिनाको तथ्यांकमा २७ वटा वाणिज्य बैंकहरूल खुद नाफा ६२ अर्ब ३६ करोड २० लाख रुपैयाँ खुँद नाफा गरेका छन । बाणिज्य बैंकहरुले गत वर्षको सोहि अवधिकोभन्दा सात अर्ब ८९ करोड ७० लाख बढी नाफा कमाएको राष्ट्र बैंकमा बुझाएको तथ्यांमा उल्लेख छ । 

त्यस्तै,  १८ मध्ये १७ विकास बैंकहरुले ६ अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेका छन् । १८ मध्ये एक विकास बैंकले भने तथ्यांक उपलब्ध गराएको नगराएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले जेठसम्ममा संकलन गरेको निक्षेप रकम ४५ खर्ब १० अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा कर्जा लगानी भने ४१ खर्ब नौ अर्ब रहेको पनि तथ्यांकले देखाएको छ । 
 

प्रतिक्रिया दिनुहोस