aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सामाजिक सुरक्षा कोष विरुद्ध वित्तिय संस्थाहरुले गरे विरोध प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ असार २०७८
सामाजिक सुरक्षा कोष विरुद्ध वित्तिय संस्थाहरुले गरे विरोध प्रदर्शन

नवलपुर । सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।  बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आवद्घ हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् । 

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागु गर्नलागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए  । सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खााई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले वताए ।   

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस