aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेप्से अनलाइन भुक्तानी एनसीएचएलबाटै गर्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
नेप्से अनलाइन भुक्तानी एनसीएचएलबाटै गर्न मिल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले अनलाइन शेयर कारेबारका लागि आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, NCHL-IPS तथा connectIPS e-Payment systems पूर्ण रुपमा ईन्टिग्रेट गरेको छ ।

लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।

लगानीकर्तालाई टिएमएस लगइन्न (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा connectIPS कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध connectIPS भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टिएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् ।

भुक्तानीका लागि connectIPS चयन गरेपछि लगानीकर्ताहरु connectIPS login पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् । त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा connectIPS or NCHL-IPS प्रणाली मार्फत सिधैं भुक्तानी गर्न सक्नेछन् ।

नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।

हाल connectIPS e-Payment प्रणालीमा ५० भन्दा बढि र NCHL-IPS प्रणालीमा ७६ वटा वित्तीय संस्थाहरू सदस्यता भैसकेका छन् । connectIPS e-Payment रियल टाइम रिटेल भुक्तानी प्रणाली हो जसको कारोबार सिमा प्रति बैंक १० लाखसम्म रहेको छ । ल्ऋज्ी(क्ष्एक् स्वचालित क्लियरिङ्ग हाउस प्रणाली हो जसले बल्क तथा अन्य भुक्तानी कारोबार हरु २० करोडसम्म गर्न सकिन्छ । 

नेप्से नेपाल सरकारद्वारा प्रवद्र्धित नेपालको एक मात्र स्टक एक्सचेन्ज हो जुन धितोपत्र विनिमय ऐन, १९८३ अन्तर्गत संचालनमा रहेको छ । यसको उद्देश्य भनेको विभिन्न धितोपत्रहरुलाई बजार तथा तरलता प्रदान गर्ने रहेको छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्ने उद्देश्य सहित नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसले विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC), अन्तरबैंक भुक्तानी प्रणाली (NCHL-IPS) तथा connectIPS e-Payment प्रणाली संचालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस