
काठमाडौं । काठमाडौंमा दर्ता भएको प्राइम कमर्सिल बैंक र कास्कीको पोखरामा दर्ता भएको कैलाश विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । शुक्रबार सम्पन्न सहमतिमा दुबै बैंकले मर्जको सम्झौता पत्रका हस्ताक्षर गरेका छन् ।
प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
योसँगै प्राइममा मिसिने वित्तीय संस्था तीन पुगेका छन् । यसभन्दा पहिला पूर्वमा कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको कन्काइ विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको थियो भने प्राइमसँगै ललितपुर फाइनान्स पनि प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।
अहिले प्राइमको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ । यसमा कैशालको २ अर्ब ३६ करोड, कन्काइ विकास बैंकको ५१ करोड रुपैयाँ ललितपुर फाइनान्सको २३ करोड ६८ लाख रुपैयाँ रहेको छ । तीन वटा सस्थाको पुँजी मिसाउदा प्राइमको चुक्तापुँजी साढे १२ अर्ब पुग्ने देखिन्छ । कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १८९ हुनेछ ।
तीनवटै वित्तीय संस्थको एकीकृत कारोबार १०० दिनभित्र गर्ने गरि काम गर्ने तयारी भएको मर्जर कमिटीको संयोजक तथा प्राइम कमर्सिलय बैंकका सञ्चालक गजेन्द्र विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस