
काठमाडौं । आरविवि म्युचुअल फण्डले असार २३ गते बुधवारदेखि ८ करोड ५० लाख इकाई विक्री गर्ने भएको छ । यस फण्डले आरबिबि म्युचुअल फण्ड–१ सञ्चालनका उक्त इकाई सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।
यस योजना सञ्चालनका लागि कुल १० करोड इकाई विक्री गर्नुपर्नेमा फण्डले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकको लागि र योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ्कको लागि सुरक्षित गरेको छ ।
७ वर्षे अवधिको बन्दमुखी यो योजना सञ्चालनका लागि बोर्डले असार १० गते अनुमति दिएको हो । यो इकाई खरिदका लागि छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
इकाई विक्री प्रबन्धकमा पनि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस