aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

चौध लाख नगद र विभिन्न बैंकको चेकसहित बौद्धबाट २८ जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ असार २०७८
चौध लाख नगद र विभिन्न बैंकको चेकसहित बौद्धबाट २८ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मंगलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।  

प्रतिक्रिया दिनुहोस