aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सिद्धार्थ बैंकको एटिएमबाट डेट एक्सपायर कार्डबाट लाखौ रकम निस्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
सिद्धार्थ बैंकको एटिएमबाट डेट एक्सपायर कार्डबाट लाखौ रकम निस्कियो

काठमाडौं । सिद्धार्थ बैंकको एटिएमबाट डेट एक्सपायर भएको विदेशी बैंकको भिसा डेविट कार्डबाट लाखौ रकम झिकिएको घटनाले सिद्धार्थ बैंकमा रहेको खर्बौ रकमको सुरक्षाका चासो बढेको छ । 

बेलायती पूर्व लाहुरे सोलुखुम्बुका बासिन्दा जगत बहादुर गुरुङले सिद्धार्थ बैंकका विभिन्न एटिएम बुथबाट बेलायतको लोइड्स बैंकको एक २ महिना अघि नै मिति सकिएको भिसा डेविट कार्डबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेर सिद्धार्थ बैंकको सुरक्षालाई चुनौति दिएका छन् । 

सिद्धार्थ बैंकका काठमाडौंका दुई स्थानको एटीएमबाट मात्रै पैसा निस्केपछि जुलाई १ अर्थात् असार १७ गतेदेखि लगातार ४ दिनसम्म उनले रकम निकालेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ  । ४ दिनको अवधिमा उनले ३४ लाख ३५ हजार रुपैयाँ झिके । उक्त रकममध्ये १० लाख एक सहकारीमा डिपोजिट गरे उनले बताएका छन् भने ३ लाख रुपैयाँ खर्च गरे । 

जब गुरुङको साथमा भएको पैसा सकियो, उनी मिति गुज्रिसकेको भिसा कार्ड बोकेर सिद्धार्थ बैंकको कालोपुलस्थित एटीएम बुथबाट पहिलो पटक कार्डको पिन नम्बर हाले र रकम झिक्ने प्रयास गरे । त्यहा उनी पनि अचम्ममा परेको बताए । उनले डेट एक्सपायर भइसकेको त्यो पनि वेलायती बैंकको भिसा डेबिट कार्डबाट पैसा निस्कियो ।

यसरी डेट एक्सपायर भएको बेलायती बैंकको भिसा डेबिट कार्ड लिएर पुन अन्य बैंकको एटिएम बुथमा पनि रकम झिक्ने प्रयास गरेका तर रकम ननिस्केको उनले प्रहरीलाई दिएको बयानमा बताएका छन् । 

सिद्धार्थ बैंकबाट मात्रै डेट एक्पायर भएको भिसा डेबिट कार्डबाट रकम झिक्न मिल्ने भएपछि उनले सिद्धार्थ बैंकबाट मात्रै पैसा निकाल्न मिल्ने भएपछि बैंकका विभिन्न एटिएम हात्तीसार, भाटभटेनी कालोपुल र चावहिलमा पैसा बोक्ने बोरा नै बोकेर पुगेको उनले प्रहरीलाई बताएका छन् । 

डेट एक्सपायर विदेशी बैंककोकार्डबाट लाखौ रकम निस्किएपछि सिद्धार्थ बैंकले प्रयोग गरिरहेको एटिएम नेटवर्क सञ्चालक नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम(नेप्स)ले एक सूचना जारी गरेर ध्यानआकर्षण भएको जनाएको छ । नेप्सले डेट एक्स्पायर भएको विदेशी भिसा डेविट कार्ड प्रयोग गरि असार १६ देखि २० गते चार दिनमा एकै बैंकबाट रकम निकालिएको विषयमा प्रणाली सञ्चालक अध्ययनमा जुटेको सूचनामा जनाएको छ । 

प्रतिक्रिया दिनुहोस