aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्त कम्पनीको संस्थापक शेयर असार २७ गते आइतवारदेखि लिलामीमा आएको छ । महुली लघुवित्तको ५३ हजार ७० कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता संस्थापक शेयर असार ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।

महुली लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ७५२, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४७३ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५३४ तोकिएको छ । यी शेयर खरिद गर्न चाहनेहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा असार २७ गतेपश्चात घोषणा हुने हकप्रद शेयर र लाभांश समेत प्राप्त गर्नेछन् । 

तीनवटै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । यस अघि पनि यी कम्पनीहरुको शेयर लिलामीमा विक्री खुला गरिएको थियो । उक्त अवधिभित्र वितरण हुन नसकेको यी शेयर पुनः कम्पनीले लिलामीमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस