aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

६ फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
६ फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । यो हप्ताको अन्तिम दिन आइतबार नेपाल स्टक एस्क्चेञ्ज(नेप्से)मा तीन कम्पनीको शेयर १० प्रतिशतसम्म बढेर सर्किट लागेको छ । गोर्खाज फाइनान्स, मल्टिपपोज फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स,सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र सम्वृद्धी फाइनान्सको शेयरमा पोजेटिभ सर्किट लागेको हो । 

आइतवार शेयर बजार दोहोरो उच्च अंकले बढी रहेको छ । कारोबारको डेड घण्टाको अवधिसम्म नेप्से परिसूचक १ दशमलव ९६ प्रतिशत बढेर २ हजार ८८० विन्दुमा पुगेको छ । यस अवधिसम्म चार वित्त कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । गोर्खाज फाइनान्स र श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मल्टिपर्पस फिनांसको ९ दशमलव ९७ प्रतिशत र समृद्धि फाइनान्सको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको हो ।

 गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३३, श्री इन्भेष्टमेण्ट फाइनान्सको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ५४१, मल्टिपर्पस फिनांसको प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ३८६ र समृद्धि फाइनान्सको प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ४२० कायम भएको हो ।यस अवधिसम्म वित्त समूहको परिसूचक सर्वाधिक ७ दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

 गत साता चार कारोबार दिन लगातार घटेको बजार अन्तिम दिन बढेको थियो । यो साता भने पहिलो कारोबार दिननै बजार बढेको हो । यस दिन डेड घण्टाको कारोबार अवधिसम्म रू. २ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस