aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नबिल बैंक र यूनाईटेड फाइनान्सको आजदेखि एकीकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
नबिल बैंक र यूनाईटेड फाइनान्सको आजदेखि एकीकृत कारोबार

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्नेप्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको हो । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्द्र पौडेयाल र  बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् । 

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ। साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ । एटिएम संख्या भने १८३ हुने बैंकले दावी गरेको छ ।

त्यस्तै, निक्षेप  २१६ अर्ब रुपैयाँ हुनेछ भने कजा  २०१ अर्ब रुपैयाँ हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप २ खर्ब माथि हुने बैंकले बताएको छ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुने बैंकले दावी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस