aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

लक्ष्मी बैंकको १३१ औँ शाखा महेन्द्रनगरको क्षिरेश्वरनाथमा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
लक्ष्मी बैंकको १३१ औँ शाखा महेन्द्रनगरको क्षिरेश्वरनाथमा सञ्चालन

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३१औँ शाखा विस्तार गरेको छ । बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा नम्बर ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएको हो । 

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस