aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कामना सेवा विकास बैंकको १२९ औँ शाखा ललितपुरको हात्तीवनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
कामना सेवा विकास बैंकको १२९ औँ शाखा ललितपुरको हात्तीवनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ०४ स्थित हात्तीवनमा आफ्नो १२९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । 

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाको समुद्घाटन गरेका हुन् । 

उक्त समारोहमा सञ्चालक सिता घिमिरे, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायत कर्मचारीहरूको उपस्थिति थियो भने अन्य सञ्चालकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो । 

बैंकका सञ्चालक देवकृष्ण काफ्लेले भर्चुअल माध्यमद्वारा स्वागत मन्तव्य दिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा बैंकका २४ वटा शाखा पुगेका छन् । 

 

प्रतिक्रिया दिनुहोस