aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार गणेशमान श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
बैंकिङ कसूर मुद्दाका फरार गणेशमान श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका-४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर लामाटारबाट फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सोही मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर २२ गतेको फैसलाले ७ दिन कैद र ५२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने काठमाडौं-१९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्रलाई समेत मंगलबार नै प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूहरुलाई झुक्यानमा पारी माछापुच्छ्रे र सेन्चुरी बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं र ललितपुर जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस