
असार २३, काठमाडौं । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने असार ३० गते बुधवार अन्तिम दिंन रहेको छ । कम्पनीले छिटबो अवधि असार २३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३ गतेसम्मको मिति तय गरेको थियो ।
मागभन्दा बढी आवेदन परिसकेकाले असार ३० गतेसम्म मात्र ऋणपत्र विक्री गर्र्न लागिएको बैंकले सुचना मार्फत जानकारी गराएको हो । बैंकले यस अघिकै सुचनामा ढिलो अवधिसम्मको ंमिउितभित्र माग बमोजिम आवेदन परेमा कुनै पनि दिन सुचना सार्वजनिक गरी विक्री बन्द गरिने जानकारी दिएको थियो ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो । बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस