aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० असार २०७८
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  

बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर  राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न भएको हो ।     

उक्त कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यज्यूलाई एक लाख पचहत्तर हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।  

उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको संचालनमा सम्पन्न भएको थियो ।   
 

प्रतिक्रिया दिनुहोस