aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेपाल राष्ट्र बैंकको पनि मोबाइल एप सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० असार २०७८
नेपाल राष्ट्र बैंकको पनि मोबाइल एप सार्वजनिक

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको उद्घाटन गरिन ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन  प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल एपको  प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।  

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको  आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम  रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ । देहायमा उल्लेखित लिङ्कमार्पmत एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न  सकिने राष्ट्र बैकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस