aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

छिटो अवधिभित्र विकेन लक्ष्मी बैंकको साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र, ढिलो अवधिसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
छिटो अवधिभित्र विकेन लक्ष्मी बैंकको साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र, ढिलो अवधिसम्म विक्रीमा रहने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले असार २८ गते सोमवारदेखि सार्वजनिक निष्कासनमा ल्याएको साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र ढिलो अवधि साउन ११ गतेसम्म विक्रीमा रहने भएको छ । छिटो अवधि असार ३१ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि बैंकले ढिलो अवधिसम्मको ऋणपत्र विक्रीको अवधि तोकेको हो । यस अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै दिन सुचना सार्वजनिक गरी विक्री बन्द गर्ने जानकारी बैंकले दिएको छ । 

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यमा “८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८” नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री खुला गरेको हो । कुल कित्तामध्य रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ताभने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ

यो ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरिदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । 

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी प्लस” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस