aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

तिमिल्सिनालाई दिईयो कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
तिमिल्सिनालाई दिईयो कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनुजमणि तिमिल्सिनालाई दिईएको छ । बैंकको असार ३१ गतेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मण्डारीको कार्यकाल असार ३१ गतेदेखि सकिएकाले अर्को निर्णय नभएसम्मका लागि बैंककै बरिष्ट नायव प्रमुख कार्यकारी अधिकत तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।
 

प्रतिक्रिया दिनुहोस