aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
सहकारी संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्न सहकारीमा पनि सफ्वेयर लगाउने सम्बन्धी सम्झौता भएको छ । ट्रस्टएमल सिस्टम सहकारी संस्थाहरूको लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा कोर बैंकिंग सफ्टवेयर विकास गरेको अग्रणी संस्था प्रिमियम टेक्नोलोजिज प्राइभेट लिमिटेड बीच सो सफ्टवेयरउपलब्ध गराउने सम्झौता भएको हो।

सो सम्झौतापत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र प्रिमियम टेक्नोलोजिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन वनले हस्ताक्षर गरि नयाँ आर्थिक वर्षको शुरूआतमै सम्झौता गरेर कार्यान्वयनमा ल्याएका हुन । 

यस सम्झौताबाट डेटम सिस्टम्स प्राइभेट लिमिटेड ले वाणिज्य बैक तथा वित्तिय संस्थाहरूमा प्रयोगमा आइसकेको सहकारी संस्थाहरुले  अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी बिभागले समय समयमा दिएका निर्देशन बमोजिम सदस्यको पहिचान गर्न, त्यसको अभिलेख राख्न र सदस्यको पहिचान गर्दा प्राप्त विवरण को आधारमा जोखिम निर्धारण गर्न सक्नेछन । 

सदस्यको पेशा, स्थान, व्यबशाय को प्रकृति, सहकारी बाट प्रदान गरिएको सेवा र डेलिभरि  च्यानल समेतको आधारमा जोखिम निर्धारण गर्न सक्ने जनाइएको छ । सदस्य जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा सदस्यको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा सदस्य, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन ।

 यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमाकारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन।

सहकारी संस्थाहरुलाई बैंकिंग सफ्टवेयर विकास गर्दै आएको प्रिमियम टेक्नोलोजिजर सम्पत्ति शुद्धिकरण निवारण गर्न मद्दत गर्ने सफ्टवेयर विकास गर्ने डेटम सिस्टम्सको सहकार्यबाट सम्पत्ति शुद्धिकरण निवारणका लागिप्रिमियम कोर बै‌किङ्ग सोलुसन प्रयोग गर्ने तीन सय भन्दा बढीसहकारीहरूमा सजिल‍ै पहुँच हुने प्रिमियम टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मोहन वनले जानकारी दिए।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्रावधानको कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, श्रोत, प्रविधि र ज्ञान सहकारी संस्था सम्म पुग्न यस सम्झौता कोशेढुंगा हुने बताए।  

प्रतिक्रिया दिनुहोस