aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।  

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस