aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कामना सेवा बैंकको केएस आइमोबाइल सेवा अपग्रेड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ साउन २०७८
कामना सेवा बैंकको केएस आइमोबाइल सेवा अपग्रेड

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी थप सेवा  सुविधा सहितको मोवाईल बैकिङ्ग एप Omni Channel मा स्तरोन्नती गरेको छ ।

यस अगाडि Top-up, Fund Transfer, Bill Payment को सुविधा रहेकोमा हाल Digital Voucher, eCash, Book an Appointment, Expenses Tracking, Bill Split   लगायतका अन्य थुपै्र सुविधाहरु थप गरेको बैंकले जनाएको छ । यो एप Play Store  र App Store मा उपलब्ध छ साथै एउटै Username र Passwordले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७० वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ATM,  ABBS, C-ASBA, Social Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस