aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

यो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ साउन २०७८
यो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । आगामी वर्ष २०७८/७९ को मौद्रिक नीति यहि हप्ता सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका अन्तिम ड्राफ तयारी गरिसकेकाले यहि हप्ता सार्वजनिक गर्ने तयारी अबस्थामा रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । 

मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिकीदै गएका बेलामा सरकार परिवर्तन भएको र केपी ओली सरकारले बजेट अध्यादेशबाट सार्वजनिक गरेकाले बजेटमा फेरवदल गर्ने सम्भावना रहेकाले मौद्रिक नीतिमा पनि परिवर्तन गर्न पर्ने हुनसक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । 

मौद्रिक नीतिको ड्राफ तयार भइसकेको छ अब सञ्चालक समितिको बैठकबाट पारित भएपछि सार्वजनिक गर्न मिल्ने अबस्थामा छ प्रवक्ता ढकालले भने । आइतबार नयाँ सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत समेत लिइसकेको र केपी शर्मा सरकारले ल्याएका आर्थिक अध्यादेशहरु प्रतिनिधिसभामा पेश भइसकेका छन् । आर्थिक अध्यादेशहरु प्रतिनिधिमा पेश भइसकेकाले अब मौद्रिक नीति लगायतका नीतिगत विषयहरु सामान्य रुपमा अघि बढ्ने राष्ट्र बैंकका एक सञ्चालकले बताए । 
 

प्रतिक्रिया दिनुहोस